Aadarsh-Daily

जिङ्ग्ना पचरुखीलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै बागेश्वरी चैनपुर विजयी

ad-4p
content left

पर्सा । रामनिवास पटेल । पर्साको बर्वाटाँडीमा जारी प्रथम टि–२० नक आउट क्रिकेट प्रतियोगीतामा सोमबार भएकाे खेलमा बागेश्वरी चैनपुर विजयी भएकाे छ।

पर्साको पर्सागढी नगरपालिका वार्ड नम्बर ४ बर्वाटाँडीमा भएकाे फाइनल प्रतियोगीतामा पर्सागढी नगरपालिका वार्ड नम्बर ७ बागेश्वरी चैनपुरले जिङ्ग्ना पचरुखीलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै प्रथम टि–२० नक आउट क्रिकेट प्रतियोगीतामा विजयी भएकाे छ ।

टस जितेर बवलिङ्ग गरेको जिङ्ग्ना पचरुखीले २० ओभरमा ९ विकेट लिएर १२३ रन दिएको थियो । जसमा मितलेश यादवले सर्वाधिक रन बनाएका थिए । निर्धारित मध्ये १२ ओभरमा जिङ्ग्ना पचरुखीले १० विकेट गुमाएर ३३ रनमै समेटियो ।

प्रथम टि–२० नक आउट क्रिकेट प्रतियोगीतामा तेजनारायन महतोले प्लेयर अफ दी म्याच र मितलेस यादव प्लेयर अफ द सिरिज घोषित भएका थिए । प्रथम टि–२० नक आउट क्रिकेट प्रतियोगीतामा प्रमख अतिथी जनमत पार्टीका केन्द्रिय सदस्य राजेश चौरसिया रहेका थिए ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily