Aadarsh-Daily

पर्साको रघुनाथपुरमा आयोजित प्रथम टि–१२ क्रिकेटको उपाधि सखुही जमुनियाले जित्यो

ad-4p
content left

पर्सा । रामनिवास पटेल । पर्साको रघुनाथपुरमा आयोजित प्रथम टि-१२ नक आउट क्रिकेट प्रतियोगितामा बुधबार भएको खेलमा सखुही जमुनियाले पसुरामपुरलाई १२२ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिता जितेको छ।

पर्सागढी नगरपालिका वार्ड नम्बर ७ रघुनाथपुरमा भएको फाइनल खेलमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाको सखुही जमुनियाले पसुरामपुरलाई १२२ रनको फराकिलो रनले हराउँदै प्रथम टि-१२ नक आउट क्रिकेट प्रतियोगितामा विजयी भएको छ।

content ad p2

टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको पसुरामपुरले १६ ओभरमा ८ विकेट लिएर २२० रन दिएको थियो , प्रथम टि-१२ नक आउट क्रिकेट प्रतियोगितामा बुधबार भएको फाइनल खेल १६ ओभरको खेल भएको थियो । सखुही जमुनियाका सोहब, साजन र राजनले सर्वाधिक रन बनाए। जवाफमा, पसुरामपुरले १३ ओभरमा १० विकेट गुमाएर ९८ रनमै समेटियो।

प्रथम टि-१२ नक आउट क्रिकेट फाइनल प्रतियोगितामा प्रमुख अतिथी पर्सागढी नगरपालिकाको नगर प्रमुख गोकर्ण पाठक विशिष्ट अतिथी पर्सागढी नगरपालिका वार्ड नम्बर २ का वडा अध्यक्ष बिरेन्द्र महतो थारु,अतिथि कार्यपालिका सदस्य दिलबहादुर भुजेल ,वडा सदस्य रामजिवन थारु,सरबतलाल दास थारू ,समाज सेवी सिकेन्द्र पटेल ,ताहिर मियां लगायतको उपस्थितमा प्रथम टिमलाई प्रमुख अतिथि पर्सागढी नगरपालिकाको नगर प्रमुख गोकर्ण पाठकबाट शिल्ड र नगद समेत वितरण गरिएको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily