Aadarsh-Daily

एक लाख बढी मूल्य बराबरको टेन्टको कपडा बारा प्रहरीबाट बरामद

ad-4p
content left

वीरगञ्ज । प्रहरीले बाराबाट एक लाख मूल्य बराबरको भन्सार छलीका टेन्ट कपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले भन्सार छली ल्याउँदै गरेको एक लाख ११ हजार ४ सय मूल्य बराबरका टेन्ट कपडा बरामद गरेको हो ।

content ad p2

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा–२१ एरियाबाट टेन्टका कपडा बरामद गरेको प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । एनका अनुसार वीरगञ्ज नारायणगढतर्फ जाँदै गरेको ना ५ ख २१४८ नम्बरको बसबाट बिल बिजकभन्दा बढीका टेन्टका कपडाहरु पाइएपछि नियन्त्रणमा लिइएको हो ।
बरामद सामान आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily