Aadarsh-Daily

प्रतिबन्धित लागुऔषधसहित वीरगञ्जमा दुई जना पक्राउ

ad-4p

वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६, ईनर्वागाउँस्थित सडकखण्डमा शंका लागेर चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो।

content ad p2
content left

पक्राउ पर्नेमा बारा जिल्लाको कोल्बी महानगरपालिका वडा नम्बर ७ निवासी २१ वर्षीय कनिल पौडेल र २० वर्षीया प्रेरणा पौडेल रहेका छन्।

भारतको रक्सौलबाट नेपालतर्फ पैदल यात्रा गरिरहेको अवस्थामा शंका लागेपछि प्रहरीले उनीहरूलाई रोकेर चेकजाँच गर्दा कालो जेब्राझोलाभित्र लुकाएर राखिएको २९४ पिस Nitravet-10 लेखिएको प्रतिबन्धित लागुऔषध फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीका अनुसार पक्राउ परेकाहरूविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily