Aadarsh-Daily

भाटा बाबाको मेला दर्शन गरी फर्कने क्रममा पर्साको जानकी टोलास्थितको नहरमा ट्याक्टर पल्टिदाँ एकजनाको मृत्यु

ad-4p
content left

वीरगञ्ज । पर्साको जानकी टोलास्थितको नहरमा ट्याक्टर पल्टिदाँ एकजनाको मृत्यु भएको छ । जानकी टोलाको प्रहरी चौकी नजिकै नहरमा ट्याक्टर अनियन्त्रित भई पल्टिदाँ चालकको मृत्यु भएको हो ।

content ad p2

मृत्यु हुनेमा छिपहरमाई गाउँपालिकाको टिहुकी निवासी ५० वर्षीय प्रेम मुखिया बिन रहेका इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । भाटा बाबाको मेला दर्शन गरी फर्कने क्रममा प्रदेश २–०३–००१ त ५३३९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकालले पुष्टि गरे ।
घटनास्थलमा प्रहरी पुगेर मृतकको शव नहरबाट निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily