Aadarsh-Daily

ससुराको हत्या गरेको आरोपमा एकजना ज्वाइँलाई पर्सा प्रहरीले पक्राउ

ad-4p

वीरगञ्ज । ससुराको हत्या गरेको आरोपमा एकजना ज्वाइँलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको आरोपमा उनकै ज्वाइँलाई प्रहरीले पक्राउ गरेको हो ।

content ad p2
content left

पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका वडा नम्बर १ राजदेवी टोल घर भई वीरगञ्ज महानगरपालिका– १० प्रगति टोल बस्ने ३१ वर्षीय साजन सर्राफ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दिपक भारतीले पुष्टि गरे । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूबिच विवाद भएपछि साजनले सीताराममाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily