Aadarsh-Daily

कृष्णा जन्मअष्टमीमा शोभा कलश यात्रा निकालिदै छ : अध्यक्ष यादव

ad-4p
content left

बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा रहेको श्री राधाकृष्ण मन्दिर संचालक समितिले कृष्णा जन्मअष्टमीको दिन शोभा कलश यात्रा निकाल्ने भएको छ ।
संचालक समितिले प्रत्येक बर्ष झै यसबर्ष भदौ १० गते कृष्णा जन्मअष्टमीको दिन झुलनको आयोजना गर्दै शोभा कलश यात्रा निकाल्न लागेको हो ।
मन्दिर संचालक समितिका अध्यक्ष जितेन्द्र यादव (मुखीया जी )का अनुसार विगतको बर्ष भन्दा यसबर्ष भव्य तरीकाले भुलनको आयोजना पनि गर्न थालिएको अवस्था छ ।
साथै यसपटक कृष्णा जन्मअष्टमीमा मुर्ती पनि बनाउन लागिएकाले तयारी तिव्र रुपमा भईरहेको अध्यक्ष यादवले बताए ।
राधाकृष्णा मन्दिरमा कृष्णा जन्मअष्टमी दुई दशक देखि नियमित रुपमा भईरहकाले यसलाई अगामी दिनमा पनि निरन्तरता दिने उनको भनाई छ ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily