Aadarsh-Daily

पर्सामा मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलन, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइयो

ad-4p

वीरगञ्ज । मिटरब्याजको चर्को व्याजबाट पीडित किसान(मजदुरहरूले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र बुझाएका छन्। वीरगञ्जको घण्टाघरबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो।

content ad p2

ज्ञापन पत्रमा किसानहरूलाई मिटरब्याजको भारले आर्थिक रूपमा थिचिरहेको र यसले उनीहरूको जीवनस्तर कठिन बन्दै गएको उल्लेख गरिएको छ। आन्दोलनमा सहभागी किसान(मजदुरहरूले मिटरब्याजलाई निषेध गर्न र पीडितहरूको ऋण माफी गर्न ठोस कदम चाल्न माग गरेका छन्।

content left

ज्ञापन पत्र बुझाउने टोलिको नेतृत्व जिल्ला अध्यक्ष कृष्ण राज ठाकुरले गरेका थिए भने वीरगञ्ज महानगरका अध्यक्ष शम्भु यादवले ज्ञापन पत्र बुझाउने क्रममा आन्दोलनकारीहरूको तर्फबाट जानकारी दिए।

ज्ञापन पत्रमा सरकारको तुरुन्त हस्तक्षेप आवश्यक भएको भन्दै, यो समस्यालाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ। साथै, किसान(मजदुरहरूको सुरक्षाको प्रत्याभूति र न्यायिक प्रणालीमार्फत आर्थिक शोषणको अन्त्य गर्नुपर्ने माग पनि गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily