Aadarsh-Daily

सिंगल फेज ईनर्जी मिटर पोखरिया केन्द्रबाट बिक्री वितरण बन्द

ad-4p

वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रबाट सिंगल फेज ईनर्जी मिटर बिक्री वितरण बन्द भएको छ । पोखरिया वितरण केन्द्रले एक सूचना जारी गर्दै भदौ १६ गते आईतबारदेखि सिंगल फेज ईनर्जी मिटर बिक्री वितरण बन्द गरिएको जनाएको हो । अर्को व्यवस्था नहुन्जेलसम्म उक्त मिटर बिक्री वितरण बन्द गरिएको केन्द्रले जनाएको छ ।

content ad p2

सिंगल फेज ईनर्जी मिटिर बिक्री वितरण के कारणले बन्द गरिएको हो भन्ने सूचनामा उल्लेख गरिएको छैन । तर पोखरिया वितरण केन्द्रका एक कर्मचारीका अनुसार प्रदेशमा उक्त मिटर सकिन लागेको जानकारी छ । त्यसकै कारण बिक्री वितरण बन्द गरिएको हुन सक्ने उनले बताए ।

content left

यस विषयमा केन्द्रका प्रमुख बुद्धिनाथ झा सँग प्रतिकृया लिन खोज्दा उनको फोन उठेन ।

यसैबिच पोखरिया वितरण केन्द्रबाट सिंगल फेज ईनर्जी मिटर बिक्री वितरण बन्द भएको सूचनाप्रति आम जनता पार्टी (आजपा) ले ध्यानाकर्षण भएको जनाएको छ ।

मिटर वितरण बन्द गरी आम जनतालाई सेवाबाट बन्चित गरेको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको आजपा मधेश प्रदेश कमिटी अध्यक्ष उमेश कुशवाहाले बताए ।

उनले आज समाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै उक्त मिटरको बिक्री वितरण तत्काल सुचारु गर्न प्राधिकरणलाई अनुरोध गरेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily