Aadarsh-Daily

रुस नेपालमा अप्रत्यक्ष रुपमा आउन खोजिरहेको छ : जनार्दन शर्मा

ad-4p

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रुस नेपालमा अप्रत्यक्ष रुपमा आउन खोजिरहेको बताएका छन् ।

content ad p2

बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत जंगबहादुर चौहानको सुनुवाइका क्रममा उनले पछिल्लो समय रुसले नेपालमा जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानीका लागि इच्छा देखाएको तर अप्रत्यक्ष रुपमा आउन चाहिरहेको बताए ।

content left

‘उनीहरु प्रत्यक्ष होइन, अप्रत्यक्ष रुपमा आउन खोजिरहेका छन् । प्रत्यक्ष रुपमा आउने बाटो के होला ?’ प्रस्तावित राजदूतलाई माओवादी उपमहासचिव शर्माको प्रश्न छ ।

नेपालमा विगतमा जुट मिल, चिनी कारखाना रुसी सहयोगमै खुलेको उनले स्मरण गरे ।

सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गर्दै प्रस्तावित राजदूत जंगबहादुर चौहानले रुस नेपालमा लगानीका लागि इच्छुक रहेको आफ्नो अनुभव रहेको बताए । उनका अनुसार रुसले नेपालसँग के कस्ता क्षेत्रमा सहयोग र समन्वय गर्न सकिन्छ भनेर योजना माग गरिरहेको छ ।

‘रुसले नेपालको जलविद्युतमा लगानी गर्न खोजेको छ । बूढीगण्डकी र तामाकोसीमा प्रस्ताव नै पठाएको थियो । नेपालको रेलमा पनि रुसको चासो छ’, चौहानले भनेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily