Aadarsh-Daily

टाटा पन्च इभीको वीरगन्जमा भव्य लन्च: पहिलो दिनमै ३ गाडीको बिक्री

ad-4p

वीरगन्ज । टाटा मोटर्सको नयाँ पन्च इभी गाडीको बिक्री वीरगन्जमा आजदेखि सुरु भएको छ। टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता, सिप्रदी ट्रेडिङले पन्च इभीलाई वीरगन्जको मुर्लीस्थित प्राइम अटो मोटर्स ट्रेडिङ्गमार्फत सार्वजनिक गरेको हो।

content ad p2
content left

आजको लन्चमा उत्साहजनक सुरुआत देखिएको छ, पहिलो दिनमै ३ वटा गाडीको बिक्री भएको जानकारी प्राइम अटो मोटर्स ट्रेडिङका अधिकारी सचिन गुप्ता र सुबोध सापकोटाले दिएका छन्। यस अवसरमा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले टाटा मोटर्सले नेपाली बजारमा चाहिने गाडी ल्याउन सफल भएको उल्लेख गर्दै पन्च इभीको सकारात्मक सुरुआतबाट खुशी व्यक्त गरेका छन्।

पन्च इभी, टाटा मोटर्सको पहिलो एक्ट इभी प्योर प्लेटफर्ममा आधारित अत्याधुनिक गाडी हो। यसमा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक छन्। ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटर बुट स्पेस, र १४ लिटरको फ्रंक स्पेस यसका विशेषतामध्ये एक हो। गाडीले २७० देखि २९० किलोमिटरको रेञ्ज प्रदान गर्नेछ र ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिइएको छ।

कार्यक्रमको उद्घाटन बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबिन काटेर गरेका थिए। कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, र सिप्रदी ट्रेडिङ्गका प्रमुख संदिप गुप्ता उपस्थित थिए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily