Aadarsh-Daily

वीरगन्जको अलाैंमा ट्यांकरले ठक्कर दिएकाे युवककाे उपचारका क्रममा मृत्युु

ad-4p

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं १७ अलौंस्थित आइसीपी चोकमा आज अपरान्ह ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाइते भएका मोटरसाइकल चालककाे उपचारका क्रममा मृत्यु भएको छ ।

content ad p2
content left

ना ६ ख ७५०३ नम्बरको ट्यांकरको ठक्करबाट ना २९ प ६९५१ मोटरसाइकल चालक वीरगन्ज–१७ अलौंका २२ वर्षिय टिनु कुमार साह तुराहा गम्भीर घाइते भएका थिए । वीरगन्जको गण्कस्थित बयाेधा मेडिसिटी हस्पिटलमा उपचारकाे क्रममा बिहीबार राति मृत्युु भएकाे पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

दुर्घटनालगत्तै गम्भीर घाइते साहलाई उपचारका लागि सुरुमा बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा लगिएको थियाे ।त्यसपछि बयाेधा मेडिसटी हस्पिटलमा भर्ना गरिएका साहकाे उपचारका क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए । उनका अनुसार, ठक्कर दिने ट्यांकर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily