
वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाका कर्मचारीहरु आजदेखि ` पेन डाउन ´ गर्ने भएका छन् । गत २७ गते प्रमूख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई स्थानीय तह कर्मचारी संघ नेपाल वीरगन्ज महानगरपालिका इकाई समितीले विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको छ ।
`गत वर्ष देखि समयमा तलब नपाउनु, सेवा निवृत कर्मचारीहरुको उपदान रकम नपाउनु कर्मचारीहरुको वृति विकास रोकिनु, आदि समस्यहरु बारे पटक-पटक श्रीमान् प्रमुख प्रशासकीय अधिकारीज्यु समक्ष कुराकानी गर्दा आज भोलीभनि आलटाल गर्दै आउनाले समस्या झन जटिल हुदै गएको र हामी कर्मचारीहरु अति नै पिरमार्कामा परेकोले वाध्य भई मिति २०८१ भदौ २६ गते वीरगंज महानगरमा कर्मचारी मेला गरी सो भेलामा निर्णय भएका तपसिल बमोजिमका हाम्रा मांगहरु राखी ३ (तीन) दिन भित्र सम्बोधन गरी कर्मचारीहरुको मनोबल उच्च राख्न यो ज्ञापन पत्र बुझाइएको´ अध्यक्ष मुकेश गुप्ताले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।

यस संदर्भमा मेयर राजेशमान सिंहले कर्मचारीहरु संग छलफल गर्दा सफाई कर्मचारीहरुलाई धम्काउँदै तिमीहरु मैले भनेको नमाने म फेरि विदेश घुम्न जान्छु र तिमीहरुको दशैं दशामा बदलिने गैर जिम्मेवारी पूर्वक जवाब दिएको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
ज्ञापन पत्रमा उल्लेख भए अनुसार आज भदौ ३० गते बिहान १० बजेदेखि १ बजेसम्म (वारुण यन्त्र, सर-सफाई, स्वास्थ्य सेवा वाहेक) पेन डाउन, भोलि भदौ ३१ गते विहान १० बजे देखि बेलुकी ५ बजे सम्म (वारुण यन्त्र, सर-सफाई, स्वास्थ्य सेवा वाहेक) पेन डाउन र असोज १ गते देखि अनिश्चित कालिन सम्पूर्ण सेवा प्रवाह ठप्प गरिने छ ।
ज्ञापन पत्र:


