Aadarsh-Daily

बस दुर्घटनामा ज्यान गुमाएका दम्पतिको परिवारलाई पर्सागढी नगरपालिकाले आर्थिक सहयोग गर्ने

ad-4p

वीरगञ्ज। पर्साको पर्सागढी नगरपालिकाले चितवनको सिमलतालमा असार २८ गते भएको बस दुर्घटनामा परि ज्यान गुमाएका एक दम्पतिका परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

content ad p2

चितवनको सिमलतालमा पहिरोले गर्दा असार २८ गते बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशुली नदीमा खस्दा ठूलो दुर्घटना भएको थियो। उक्त दुर्घटनामा पर्सागढी नगरपालिका वडा नम्बर ७ निवासी ६७ वर्षीय सलिम मियाँ र उनकी पत्नी ६६ वर्षीया जनबिया धुनियासहित ६२ जनाको ज्यान गएको थियो।

content left

बुधबार बसेको पर्सागढी नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले सलिम मियाँ र उनकी पत्नी जनबियाको किरिया खर्चबापत ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

उक्त बैठक पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा उपमेयर पूजा चौधरी, वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख देवकुमार गिरी, वडाध्यक्ष वीरेन्द्र महतो, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिरुवागुठीका संयोजक मोहमद जक्रुल्लाह लगायतको उपस्थिति थियो।

नगरपालिकाले पीडित परिवारलाई तत्कालै आर्थिक सहयोग गर्ने निर्णय गरेसँगै सामाजिक उत्तरदायित्वको महत्वपूर्ण कदम चालेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily