Aadarsh-Daily

धनुषामा हिरासतबाट थुनुवा भागेको घटनामा छानबिन समिति गठन

ad-4p

धनुषा। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट थुनुवा भाग्ने घटनाको छानबिन गर्न प्रहरी समितिको गठन गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालयका जनकपुरका एसएसपी सुरेन्द्र गुरुङको नेतृत्वमा समिति गठन भएको हो। समितिमा एसपी बोहरा, इनस्पेक्टर सन्दीप यादवसहित पाँच जना सदस्य रहेका छन्।

content ad p2
content left

घटना अनुसार, सोमबार बिहान ३ बजेर ५५ मिनेटमा ९ जना थुनुवाहरूले शौचालयको भेन्टिलेटर तोडेर भागेका थिए। हिरासतबाट भाग्नेहरूमा अभास्कर कुमार यादव, रोशन कुमार मण्डल, रञ्जित मण्डल, अमित कुमार झा, विशाल मुखिया, नाबालक सुमित मेस्तर, र बिक्की कार्की रहेका छन्।

एसपी बोहराका अनुसार, तीमध्ये ७ जना थुनुवाहरूलाई प्रहरीले फेला पारीसकेको छ भने बाँकी दुईजना अझै फरार छन्। प्रहरी फरार थुनुवाहरूको खोजीमा सक्रिय रहेको बताइएको छ।
समितिले घटनाको विस्तृत अनुसन्धान गर्दै कारबाही प्रक्रिया अगाडि बढाउनेछ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily