Aadarsh-Daily

अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य

ad-4p

काठमाडौं । नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएकोछ ।

content ad p2

ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनायो ।

content left

नेपालका कप्तान रोहित पौडेलले ३३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाए । दीपेन्द्रले १७ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए । पाँचौं विकेटका लागि दीपेन्द्र र रोहितले ३८ बलमा ६६ रनको साझेदारी गरेका थिए ।

नेपाललाई ओपनर आसिफ शेख र अनिल साहले ५.३ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।
अनिल २७ रनमा अली खानको बलमा एलबीडब्लू आउट भए । आसिफ शेख २७ बलमा ४ चौकासहित २७ रनमै स्पिनर हरम्रित सिंहको बलमा बोल्ड आउट भए ।

हरमीतले गुल्सन झालाई ११ र नोष्थुस केंजिगेले कुशल भुर्तेललाई १० रनमा बोल्ड आउट गरे ।

अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले १-१ विकेट लिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily