Aadarsh-Daily

शस्त्र प्रहरी पर्साले ११ लाख बराबरका सामानसहित मोटरसाइकल नियन्त्रणमा

ad-4p

वीरगञ्ज। सशस्त्र प्रहरी बल पर्साले झण्डै ११ लाख रुपैयाँ मूल्यका सामानसहित एक मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वा क्षेत्रबाट प्रहरीले सवारी साधनसहित १० लाख ७० हजार ९२५ रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको हो।

content ad p2
content left

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट लुकीछिपी ल्याउँदै गरेका सामानहरू बरामद गरेको जनाएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार, ८ लाख ७० हजार ९२५ रुपैयाँ मूल्यका किराना सामान, लत्ताकपडा, कस्मेटिक्स, जुत्ता, मदिरा, र मोटर पार्ट्सहरू पक्राउ परेका छन्।

यसैगरी, बिआर ०५ एन ७०३६ नम्बरको भारतीय मोटरसाइकलमा राखी भारततर्फ लैजाँदै गरेको अवस्थामा कस्तुरी मदिरा पनि नियन्त्रणमा लिइएको बताइएको छ। मोटरसाइकलको मूल्य लगभग २ लाख रुपैयाँ रहेको छ।
बरामद गरिएका सामान र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily