Aadarsh-Daily

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई आफ्ना कार्यक्रमहरूमा बहिष्कार गर्ने

ad-4p

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई आफ्ना कार्यक्रमहरूमा बहिष्कार गर्ने भएको छ ।

content ad p2
content left

सङ्घका पदाधिकारीहरूका अनुसार मुख्यमन्त्री सिंहलाई एक कार्यक्रमका लागि निमन्त्रणा गर्न खोज्दा उनले समय दिन अस्वीकार गरेपछि सङ्घले उनलाई बहिष्कार गर्ने अनाधिकारिक निर्णय गरेको हो ।

सङ्घले मुख्यमन्त्री सिंहलाई कार्यक्रमका लागि समय दिन आग्रह गर्दा उनले “पहिले मसँग सल्लाह गरेर मात्रै समय निर्धारण गर्नुहोला । मलाई पूर्व मुख्यमन्त्री लालबाबु राउत नसोच्नुहोला,” भन्ने जवाफ दिएको सङ्घका पदाधिकारीहरूले खुलासा गरेका छन् ।
मुख्यमन्त्री सिंहको यस्तो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सङ्घले आगामी कुनै पनि कार्यक्रमका लागि उनलाई नबोलाउने अडान लिएको हो ।

सङ्घका एक पदाधिकारीले यात्रा डेलीसँग कुरा गर्दै भने, “मुख्यमन्त्रीको व्यवहारले सङ्घलाई उपेक्षित गरेको महसुस भएको छ । अब सङ्घका कार्यक्रमहरूमा उनलाई आमन्त्रण गरिने छैन ।”

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily