
वीरगञ्ज । आज सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६१ हजारमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन तोलाको एक लाख ६० हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

