Aadarsh-Daily

महासचिव पोखरेलले प्रधानमन्त्रीविरुद्ध भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षड्यन्त्र हो

ad-4p

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको विरुद्ध भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षड्यन्त्र भन्दै टिप्पणी गरेका छन् ।

content ad p2
content left

दुर्गा प्रसाईंले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गरेको प्रचारलाई लक्षित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् विरोध गरेका हुन् ।

‘देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षड्यन्त्र हो,’ महासचिव पोखरेलले भनेका छन् ।

महासचिव पोखरेलले यस्तो प्रवृत्तिलाई विषवृक्षको रूपमा टिप्पणी गरेका छन् । ‘कुनै पनि समाजका लागि षड्यन्त्र र अराजकता त्यस समाजको भविष्यलाई बर्बाद बनाउने विषवृक्ष हो,’ उनले भनेका छन् ।

पोखरेलले यस्तो षड्यन्त्र र अराजकताबाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु सबैको कर्तव्य रहेको उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily