Aadarsh-Daily

बहुदरमाई नगरपालिकामा भएको तोडफोड र आगजनीको घटनामा संलगन दुईजनालाई पक्राउ

ad-4p

वीरगञ्ज । पर्साको  बहुदरमाई नगरपालिकामा हिजो भएको तोडफोड र आगजनीको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ ब गरेको छ।

content ad p2

नगरपालिकाले शिक्षकहरुलाई ६ महिनादेखि तलब नदिएपछि पठनपाठन प्रभावित भएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले हिजो नगरपालिका कार्यालयमा प्रवेश गरेर तोडफोड गर्नुका साथै आगजनी गरेका थिए। सोही घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।

content left

पक्राउ परेकाहरुको नाम गोप्य राखिएको छ। “विद्यार्थीहरु सानै उमेरका भएकाले उनीहरुको परिचय सार्वजनिक गरिएको छैन,” लम्सालले बताएका छन्।

घटनाको पृष्ठभूमिमा बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन सा तेलीले कानून विपरित प्रमुख प्रशासकीय अधिकृतलाई बजेट सञ्चालनको अख्तियारी नदिएपछि चुलिएको विवाद रहेको छ। यसले विद्यार्थीहरुलाई आन्दोलित गराउँदै नगरपालिकाको भौतिक सम्पत्तिमा तोडफोड र आगजनीसम्मको घटना गराएको हो।

तोडफोड र आगजनीका कारण लाखौंको क्षति पुगेको बताइएपनि नगर प्रमुख तेलीले समस्याको समाधान नगरी विवाद झनै चर्काउन खोजेको स्थानीयले आरोप लगाएका छन्।

प्रहरीले थप अनुसन्धान जारी रहेको बताउँदै विद्यालय शिक्षाको व्यवस्थापन सुधार र शान्ति पुनःस्थापनाका लागि स्थानीय तहले चाँडो कदम चाल्नुपर्ने सुझाव दिएका छन्।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily