Aadarsh-Daily

चिसोका कारण वीरगंज महानगरका विद्यालयमा पनि बिदा

ad-4p

पुष ५ गतेदेखि निरन्तर बढ्दै गएको चिसोका कारण वीरगंज महानगरपालिकाका बिद्यालयमा भोलिदेखि ३ दिनसम्मको लागी बिदा दिईएको छ ।

content ad p2
content left

मंगलबार महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले जारी गरेको सूचनामा वर्षे विदामा कट्टा हुने गरि भोलि पुस २४ गते बुधबारदेखि पुस २६ गते शुक्रबारसम्म तीन दिन वीरगंज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको उल्लेख छ ।

तराई–मधेसमा एक साता यता चिसो बढ्दै गएका कारण जनजिवन प्रभावित भएको छ । हुस्सु लाग्नुका साथै शीतलहरपनि चल्न थालेपछि खासगरी बृद्धबृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरुलाइ बढी सास्ती भएको छ । जसका कारण पर्साका जिराभवानी गाउँपालिका र ठोरी गाउँपालिका बाहेक अन्य १२ पालिकाहरुमा जाडो बिदा दिईएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily