Aadarsh-Daily

लागुऔषध गाँजासहित बहुरमाई नगरपालिकाका ४ जना पक्राउ

ad-4p

जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित गाँजासहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्लको बहुदरमाइ नगरपालिका वडा नम्बर १ विश्रामपुरका ४० बर्षिय पारस यादव , ५२ बर्षीय मैनादीन मियाँ , वडा नम्बर ७ तिनटोलियाका ३६ बर्षीय अकबर मियाँ र ४५ बर्षीय शिव महत्तो रहेका छन ।

content ad p2
content left

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर २० हरपतगंज चोक भन्दा ५० मिटर पश्चिमपट्टि कुलोको बाटो हुदै टाउकोमा बोरा बोकेर जादै गरेका चारै जनालाई नियन्त्रणमा लिएर खानतलासी गरिएको थियो ।

खानतलासी गर्दा उनीहरुले बोकेको बोरा भित्रबाट ४ वटा पोकामा रहेको ५० किलो प्रतिबन्धित लागुऔषध फेला परेकोले पक्राउ गरिएको डिएसपी लम्सालले बताउनुभएको हो ।
पक्राउ परेका चारैजनामाथि लागुऔषध सम्बन्धि कसुरमा अनुसधान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सन्तानको दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

Aadarsh Daily

ज्यान मुद्दामा जालिम मियाँका छोरा जाफिर पक्राउ

Aadarsh Daily

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily