Aadarsh-Daily

चरेश , अफिम र गाँजासहित मकवानपुरमा ३ जना पक्राउ

ad-4p

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठुलो परिमाणमा चरेस, अफिम र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक र एक जना नेपाली रहेका छन् । प्रहरीले गए राति भारतको हरियाणा जिल्लाका दुई व्यक्तिलाई चरेस र अफिमसहित पक्राउ गरेको हो ।

content ad p2

पक्राउ पर्नेमा २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिस कुमार रहेका छन् । उनीहरूलाई मकवानपुरको थाहा नगरपालिका–११, टिस्टुङ नौखण्डे क्षेत्रको त्रिभुवन राजपथ सडकखण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

content left

मकवानपुर प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरू सवार डिएल ८ सिएक्स १२२४ नम्बरको भारतीय कारबाट २१ किलो ४६० ग्राम चरेस र ३ किलो ४७० ग्राम अफिम बरामद गरिएको हो ।

हेटौँडा हुँदै भारततर्फ लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा जिम्मा लगाएको थियो ।

यसै गरी, लागूऔषध गाँजा १०१ किलोसहित वीरगञ्ज महानगरपालिका–२६, अठराह सुगौली निवासी २० वर्षीय राजन राउत कुर्मीलाई पक्राउ गरिएको छ । उनलाई हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटे क्षेत्रबाट आज बिहान साढे ५ बजे पक्राउ गरिएको हो । डिएसपी अर्यालका अनुसार चितवनबाट वीरगञ्ज जाँदै गरेको डिएल १३ सी १५६१ नम्बरको भारतीय कारमा लुकाएर गाँजा ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रहरीले पक्राउ परेका तीनै जनालाई सार्वजनिक गर्दै लागूऔषध नियन्त्रण सम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ । यस घटनाले लागूऔषध तस्करीविरुद्धको प्रहरी कारबाहीलाई थप सशक्त बनाएको जनाइएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily