Aadarsh-Daily

मेयर उपेन्द्र यादवको दमनको स्थानीय प्रतिकार गर्दा गढीमाइ मन्दिर क्षेत्र तनावग्रस्त

ad-4p

बाराको गढीमाइ मन्दिर क्षेत्र तनावग्रस्त बनेको छ। महागढीमाइ नगरपालिकाभित्र पर्ने मन्दिर क्षेत्रमा बली दिने प्रयोजनको लागि भक्तजनलाई पशुपन्छी बिक्रीमा नगरपालिकाका मेयरले हस्तक्षेप गरेको भन्दै स्थानीय खुद्रा व्यापारीहरु तोडफोड र विरोध प्रदर्शनमा उत्रिएपछि मन्दिर क्षेत्र तनावग्रस्त बनेको हो।

content ad p2
content left

गढीमाइ मन्दिरमा हुने ठूलो मेला भर्खरै सकिएको छ। यो मेलामा बली दिइने पशुपन्छीहरुको बिक्री वितरण मन्दिर व्यवस्थापन समितिले गरेको थियो। मन्दिर व्यवस्थापन समितिको प्रमुख नगरपालिकाका मेयर हुने व्यवस्था छ। मेलामा मन्दिर व्यवस्थापन समितिले ५० लाखभन्दा बढीको परेवा मात्र बिक्री गरेको स्थानीय व्यापारी बताउँछन्। मेला सकिएपछि पनि मन्दिरमा नियमित पुजाआजा र बली दिने परम्परा चलिरहेकै छ।

यसका लागि मन्दिर क्षेत्रमा स्थानीय साना व्यापारीहरुले पशुपन्छी बिक्रीवितरण गर्न खोज्दा नगर प्रमुखले प्रहरी लगाएर व्यापारीहरुलाई लखेटेको भन्दै खुद्रा व्यापारीहरु विरोधमा उत्रिएका हुन्। मेयरले प्रहरी लगाएर आफूहरुलाई कुटपिट र दमन गरेको भन्दै साना व्यापारीहरु लाठीसहित तोडफोड र विरोधमा उत्रिएका छन्।

नगरपालिकाकी उपप्रमुख तारादेवी कानुका अनुसार मन्दिर व्यवस्थापन समितिले मात्रै पशुपन्छी बिक्री वितरण गर्ने नियमको विरोधमा साना व्यापारीहरुले प्रदर्शन गरेका थिए । ती प्रदर्शनकारीलाई नगरपालिकाले प्रहरी लगाएर लखेटेको आरोप लगाउँदै स्थानीय तोडफोडमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily