Aadarsh-Daily

चितवनको सहकारी ठगीमा रवि र छविसहित थप १४ विरुद्ध मुद्दा चलाउन राय

ad-4p

साहारा चितवन बहुद्देश्यीय सहकारीको बचत ठगीमा रवि लामिछाने, छविलाल जोशीलगायत १४ व्यक्ति र ७ कम्पनीविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।

content ad p2

सरकारी वकिलको कार्यालयले सहकारीको रकम गएको देखिएको गोर्खा मिडिया नेटवर्कको थप अनुन्धान गर्न निर्देशन दिएबमोजिम प्रहरीले पूरक अनुसन्धान गरी प्रतिवेदन बुझाएको हो । ‘प्रहरीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएको छ, अध्ययन गरेर अदालतमा मुद्दा लैजान एक/दुई दिन लाग्न सक्छ,’ जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले भने ।

चितवन प्रहरीका प्रवक्ता डीएसपी ज्ञानकुमार महतोका अनुसार पूरक प्रतिवेदनमा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्धिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला र शिवबहादुर गुरुङलाई प्रतिवादी बनाउनुपर्ने राय छ ।

content left

‘जसमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हर्ब्स इन्टरनेसनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, स्प्रिङ उड रियलस्टेट एन्ड हाउजिङ प्रालि, नेचर नेष्ट प्रालिलगायत छन्,’ डीएसपी महतोले भने । उक्त सहकारीको बचत हिनामिनासम्बन्धमा २०८० असोज ९ मा चितवन प्रहरीमा जाहेरी परेको थियो ।

करिब एक वर्ष लगाएर प्रहरीले गरेको अनुसन्धानका आधारमा गत असोज ८ मा १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । मुद्दा दायर हुँदा नै पूरक अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको थियो । सरकारी वकिलको कार्यालयले सहकारीको रकम गएको देखिएको गोर्खा मिडिया नेटवर्कको थप अनुसन्धान गर्न पनि प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रहरीले यस विषयमा बल्ल अनुसन्धान पूरा गरेको हो । मंसिर ५ मा साहारा चितवनका २४ बचतकर्ताले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै रवि लामिछानेसहित थप १० जनाविरुद्ध पूरक उजुरी दिएका थिए । लामिछानेलाई गोर्खा मिडियाको तत्कालीन सेयरधनी/सञ्चालक र प्रबन्ध निर्देशकको हैसियतमा बचतकर्ताले उजुरी दिएका हुन् ।

त्यसैगरी छविलाल जोशी तत्कालीन सेयरधनी तथा सञ्चालक रहेको जाहेरीमा उल्लेख छ । उजुरीकर्ताले गोर्खा मिडियामा नियमविपरीत साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट १० करोड ८० लाख रुपैयाँ गएको दाबी गरेका छन् ।

कर्जा लिएका व्यक्ति र कम्पनीले भुक्तानी गर्नुपर्ने रकम ५६ करोड २२ लाख ५० हजार रुपैयाँ देखिएको पनि उनले बताए । अनुसन्धान प्रतिवेदनअनुसार कम्पनीमा ४३ करोड १४ लाख ४९ हजार लगानी भएको पाइएको छ । त्यसैगरी प्रतिवादीले ५ करोड ७९ लाख ८३ हजार ८ सय ७३ रुपैयाँ एकआपसमा रकम ऋण लिएको देखिएको महतोले बताए । अन्य बचतकर्ता १ सय १८ जनामा मात्र ऋण लगानी भएको पनि उनले जानकारी दिए । सहकारीमा करिब ७ हजार बचतकर्ता छन् । तीमध्ये ४ सय ५६ जनाले जाहेरी दिएको डीएसपी मतहोको भनाइ छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily