Aadarsh-Daily

मधेश प्रदेशको सञ्चार ऐन संशोधनसम्बन्धी प्रतिवेदन बुझाइयो

ad-4p

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई मधेश प्रदेशको संशोधनसहितको सञ्चार ऐनसम्बन्धी प्रतिवेदन बुझाइएको छ । आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव नेतृत्वको टोलीले उक्त प्रतिवेदन बुझाएको हो ।

content ad p2
content left

सो प्रतिवेदनमा प्रदेश सञ्चारसम्बन्धी ऐन २०७७ र प्रदेश एफएम रेडियो सञ्चालन ऐन २०७७ मा आवश्यक संशोधनसहितका विषय समावेश गरी मन्त्री लेखीलाई बुझाइएको प्राधिकरणका अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै विधेयकमा त्रुटि हुँदा कार्यान्वयनमा समस्या भएपछि मन्त्रिपरिषद्को गत असोज २१ गतेको निर्णयले संशोधन समिति गठन गरेको थियो ।

दुवै ऐन एक–अर्कासँग बाझिने अवस्था देखिँदा संशोधनसहित एकीकृत गर्ने तयारी भइरहेको यादवको भनाइ छ । प्रदेश सञ्चारसम्बन्धी ऐन २०७७ भदौ ६ गते प्रमाणीकरण भएको थियो भने प्रदेश एफएमरेडियोसम्बन्धी ऐन २०७७ साउन ५ गते प्रमाणीकरण भएको थियो । रासस

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily