Aadarsh-Daily

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छ : गृहमन्त्री लेखक

ad-4p

गृहमन्त्री रमेश लेखकले नीतिगत र कानूनी सुधारमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।

content ad p2

शनिबार काठमाडौंमा नेपाल पुलिस क्लव द ब्लु पेभिलियनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सरकार गठन भएको ७ महिनामा सरकारले आफ्ना काम, लक्ष्य, उद्देश्यहरु र क्रियाकलापहरुलाई प्राथमिकीकरण काम गरिरहेको बताउनुभयो । उहाँले गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ ऐन तर्जुमा गरेर संसदमा दर्ता गराएको बताउनुभयो ।

गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी ऐन पनि समयसापेक्ष रुपले तर्जुमा गर्नेगरी मस्यौदा प्रतिनिधि सभामा प्रश्तुत भइसकेको उल्लेख गर्नुभयो । आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने गरी सरकारले नेपाली नागरिकता ऐनमा समय सापेक्ष संशोधन गर्नेगरी संसदमा विधेयक दर्ता गराएको बताउनुभयो । अध्यागमन ऐनमा समय सापेक्ष रुपले संशोधन गर्नेगरी सरकार अघि बढिसकेको बताउनुभयो ।

content left

गृहमन्त्री लेखकले नेपाल प्रहरीको नयाँ विधेयकमा देखिएका कमी कमजोरी पहिचान गरेर सुझाव दिए अझै संसदबाट परिमार्जन गरेर जान सकिने बताउनुभयो । उहाँले अहिलेको मस्यौदाले प्रहरी संगठनलाई ७० वर्ष पछि लगेको भन्ने भ्रम फैल्याइएको बताउनुभयो ।

गृहमन्त्री लेखकले अहिलेको सरकारको पहिलो प्राथमिकता शान्ति सुरक्षा भएको बताउनुभयो । उहाँले शान्ति सुरक्षालाई सुदृढ गर्नका लागि थप गर्नुपर्ने आवश्यक कामहरु गरिरहेको पनि उल्लेख गर्नुभयो । लागुऔषधको प्रयोग अत्याधिक बढिरहेको भन्दै समयमा नियन्त्रण गर्न नसके समाजमा ठूलो विकृति, विसंगति र समाज नराम्रो ढंगले प्रभावित हुनसक्ने बताउनुभयो । सडक दुर्घटना, आत्महत्या र साइबर क्राइम ठूलो चुनौतिको रुपमा आएको बताउनुभयो ।

गृहमन्त्री लेखकले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी र विश्वसनीय बनाउन र संविधानको प्रतिनिधित्वलाई पनि कानूनमा सुनिश्चित गर्न निर्वाचन सम्बन्धी ऐन पनि अगाडि बढाइएको जानकारी दिनुभयो ।

जग्गा प्राप्ति सम्बन्धी ऐनले विकास निर्माणका कामहरुलाई द्रुत गतिमा अगाडि लैजान केही ढिलासुस्ती भएकाले त्यो जटिलता फुकाउन जग्गा प्राप्ति ऐनमा समय सापेक्ष संशोधन गर्न सरकार अघि बढिसकेको बताउनुभयो । संघ, संस्था दर्ता, अनुगमन, नविकरण, खारेजी सम्बन्धी लगायतका विषयहरु समयसापेक्ष बनाउन नयाँ कानून बनाउन पनि सरकार अघि बढेको बताउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily