
वडा प्रहरी कार्यालय विर्ताले विभिन्न समयमा अन्दाजी मुल्य १३ लाख ३० हजार ८१५ रुपैयाँको भन्सार छलीका लताकपडा, खाद्यान, ड्राईफुड लगायतका किराना सामानहरु बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

यसैगरी वीरगंज – ७ रेल्वे रोडबाट अनलाईन विल नभएको तथा बिल बिजक भन्दा बढीका किराना खुद्रा तथा ईलेट्रोनिक सामानहरु समेत लोड रहेको ना.६ ख.२४३३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिइएको सामानको अन्दाजी ४७ लाख ९ हजार ४६१ हजार रुपैयाँको रहेको छ ।
ट्रकसहिकको सामानलाई आवश्यक अनुसन्धान तथा थप कारवाहीको लागी राजश्व अनुसधन कार्यालय पथलैया बारामा बुझाईएको वडा प्रहरी विर्ताले जनाएको छ ।

