
पर्साको बहुदरमाई नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालय आजदेखि नियमित रुपले सञ्चालनमा आएका छन । श्रावणदेखि अहिलेसम्म अर्थात ७ महिनाको तलब नपाएको भन्दै बहुदरमाई नगरपालिकामा रहेका २० वटा सामुदायिक बिद्यालयका शिक्षक तथा कर्मचारीहरु बिद्यालय बन्द गर्दै सामुहिक रुपमा नै माघ ६ गते पर्साका प्रमुख जिल्ला अधिकारि गणेश अर्याललाई साँचो बुझाएका थिए ।

शिक्षक महासंघ पर्साको नेतृत्वमा आन्दोलित भएका शिक्षकहरु एस इ.इ. परिक्षालाई मध्यनगर गरी आजदेखि विद्यालयमा नियमित पठनपाठन गराउने निर्णय गरेका हुन् । मंगलबार जिल्ला प्रसाशन कार्यालय पर्सामा भएको छलफलमा आन्दोलित शिक्षकहरुले प्रमुख जिल्ला अधिकारिबाट साँचो लिएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
विद्यालय सञ्चालनको निर्णय गर्दै शिक्षकहरुले आफ्ना तलब भत्ता छिटै उपलब्ध गराईदिन बहुदरमाई नगरपालिका जनप्रतिनिधि र स्थानीय प्रशासनसंग आग्रह गरेको छ । आफुहरुको माग पुरा नभए यसभन्दा कडा आन्दोलन गर्ने नेपाल शिक्षक महासंघ पर्साले चेतावनी समेत दिईएको छ ।

