Aadarsh-Daily

नसर्ने रोगको निःशुल्क परीक्षण अभियानमा सहभागी हुन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

ad-4p

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरूविरुद्ध आज शुरू भएको निःशुल्क स्क्रिनिङ अर्थात् परीक्षण अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ ।

content ad p2

नेपालमा हुने मृत्युको झन्डै तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको भन्दै यो दर घटाउन परीक्षण कार्यक्रममा सहभागी भई अभियान सफल बनाउन स्वास्थ्यमन्त्री पाैडेलले आग्रह गर्नुभएको हो । जलवायु परिवर्तन तथा बढ्दो शहरीकरणका कारण मानव स्वास्थ्यमा थप जटिलता थपिएको उहाँको भनाइ छ ।

content left

यसै समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागितासहित अभियानका रूपमा पालिकाबाट स्वास्थ्य प्रवर्द्धनात्मक, प्रतिकारात्मक एवम् उपचारात्मक सेवालाई व्यवस्थित गर्न आवश्यक भएको भन्दै उहाँले निरोधात्मक विधिबाट नागरिकलाई रोगबाट जोगाउने उद्देश्यले कार्यक्रम शुरू गरेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगहरूको पहिचान अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेसँगै आजदेखि अभियान शुरू भएको हो ।

नेपालभित्र बसोवास गर्ने ३० वर्षभन्दा माथिका नागरिकलाई हरेक पालिकाका स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गाैलासम्बन्धी रोग एवम् शरीरको उचाइ र तौलको अनुपात समयमै पहिचान गरी रोकथाम तथा व्यवस्थापन गर्ने अभियानको लक्ष्य छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily