Aadarsh-Daily

चरेशसहित सर्लाहीका एकजना वीरगंजमा पक्राउ

ad-4p

पर्सा प्रहरीले साढे ११ केजी चरेस सहित एकजनालाई पक्राउ गरेको छ ।

content ad p2
content left

वीरगञ्ज महानगरपालिका वडा नं.१६ चालिस फिट्टे सडकखण्डबाट सर्लाही विष्णु गाउँपालिका वडा नं.४ मधुवनगोठ बस्ने बर्ष ४५ का सुधीर कर्णलाई साढे ११ किलो चरेस सहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्थायी प्रहरी पोष्ट ईनर्वागाँउबाट खटिएको नियमित चेकिङ टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने क्रममा कर्णलाई चरेस सहित पक्राउ गरेको हो ।

कर्णले बोकेको रातो रंगको ग्यालेनमाथि घ्यू राखेर रातो प्लाष्टिकमा सानो सानो पोकामा उक्त डिब्बा (ग्यालेन ) भित्र लुकाएर राखिएको लागु औषध चरेश जस्तो देखिने फेला परेको प्रहरीको भनाई छ । लागू पदार्थ सहित पक्राउ परेका कर्णलाई लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily