Aadarsh-Daily

मुख्यमन्त्री सिंहद्वारा थप पाँच अस्पतालको अनुगमन

ad-4p

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित थप पाँच निजी अस्पतालको अनुगमन गर्नुभएको छ । उहाँले गत सातादेखि निरन्तर रूपमा निजी अस्पतालहरूको अनुगमन गरिरहनुभएको हो । उहाँले योसँगै ३१ वटा अस्पतालको निरीक्षण गरिसक्नु भएको छ ।

content ad p2

अनुगमनमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह र मुख्यमन्त्री सिंहसहितको टोलीले नियम र कानुनी प्रक्रिया पूरा नगरेका अस्पतालहरूलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिनुभएको छ ।

भानुचोकस्थित जनकपुर सिटी हस्पिटल ५० शय्याको अनुमति प्राप्त भए पनि नवीकरण नगरिएको पाइएपछि मुख्यमन्त्रीले सञ्चालकलाई तलब विवरण तथा गरिब, दलित तथा सीमान्तकृतलाई दिइएको छुटको विवरणसहित आइतबार कार्यालयमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।

content left

यसैगरी, रेल्वे स्टेसनस्थित धनुषा अस्पतालको पनि नवीकरण नभएको पुष्टि भएपछि सञ्चालकलाई सम्बन्धित कागजातसहित उपस्थित हुन भनिएको छ ।

अनुगमनका क्रममा कदमचोकस्थित न्यूरो सेन्टरको अस्पताल सञ्चालन अनुमतिसम्बन्धी कुनै कागजात नभेटिएपछि मुख्यमन्त्री सिंहले सञ्चालकलाई सम्पूर्ण कागजात लिएर आइतबार कार्यालयमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।

विनयतारा फाउन्डेसन क्यान्सर अस्पताललाई पनि स्वास्थ्य सेवा सञ्चालन अनुमतिसम्बन्धी कागजात लिएर उपस्थित हुन भनिएको छ ।

यसैबिच, मुरलीचोकस्थित जनकपुर न्यूरो अस्पताल दर्ता भएको र तुलनात्मक रूपमा व्यवस्थित रहेको पाइएको छ ।

मुख्यमन्त्री सिंहले यसअघि पनि जनकपुरधामका २६ निजी अस्पतालको अनुगमन गरिसक्नुभएको छ । उहाँले स्वास्थ्य सेवा क्षेत्रलाई पारदर्शी, उत्तरदायी र कानुनी रूपले व्यवस्थित बनाउन सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily