Aadarsh-Daily

वीरगञ्जमा भोलीदेखि हुने अन्तर विद्यालय क्रिकेट र नकआउट जुनियर फुटबल प्रतियोगिताको तयारी पूरा

ad-4p
content left
वीरगञ्ज । वीरगन्जमा भोलीदेखि हुने अन्तर विद्यालय क्रिकेट र नकआउट जुनियर फुटबल प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) पर्सा जिल्ला कार्यसमितिको आयोजनामा हुने प्रतियोगिताको विषयमा आज होटल वृन्दावनमा पत्रकार सम्मेलन गरेर तयारी पूरा भएको जानकारी गराएको हो ।

वीरगन्जको नारायणी रंगशाला नजिकै टीबी शाह क्रिकेट मैदानमा भोली ११ बजे क्रिकेट र फुटबलको एकैपटक उदघाटन हुने पत्रकार सम्मेलनमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले जानकारी दिनुभयो । फुटबल प्रतियोगिता भने जिल्ला प्रहरी कार्यालय पर्साको पछाडि विपद व्यावस्थापन गुल्मको खेल मैदानमा हुने उहाँले बताउनुभयो ।

 

प्रतियोगिताको प्रमुख अतिथि प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । क्रिकेट प्रतियोगितामा २७ वटा विद्यालय र फुटबलमा २० वटा पर्साका निजी विद्यालयहरुले सहभागिता जनाउने प्याब्सन पर्साका सचिव अशाके संग्रौलाले जानकारी दिनुभयो ।

प्याब्सन पर्साका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, पर्साका बरिष्ठ उपाध्यक्ष सुशिला साह, सल्लाहकार डा.हरिशंकर साह, इमामुद्दीन अहमद लगायतको उपस्थिति रहेको थियो ।

 


content ad p2

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

चोलेन्द्र जबरा पक्राउ नभएको प्रहरीको दाबी

Aadarsh Daily