Aadarsh-Daily

न्याय माग्दा भारतको एक विश्वविद्यालयले होस्टेलबाट निकाले नेपाली विद्यार्थी

ad-4p

आफु संगै बस्ने एक नेपाली बिद्यार्थी कलेजको होस्टेलमा मृत फेला परेपछि उनको न्यायको लागी अवाज उठाउने सम्पूर्ण नेपाली बिद्यार्थीलाई उल्टै कलेज प्रशासनले होस्टेलबाट बाहिर निकालिदिएको छ ।

content ad p2
content left

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपालको बुटुवल घर भएकी प्रकृति लम्साल मृत फेला परेपछि उनको न्यायको लागी अवाज उठाउने सम्पूर्ण नेपाली विद्यार्थीलाई उक्त कलेजले आफ्ना होस्टेलबाट बिना कुनै सुचना बाहिर निकालिदिएको हो ।

मृतक लम्सालको बारेमा बुझ्न नेपाली विद्यार्थी हिजो आईतबार अन्तराष्ट्रिय कार्यालय गेका थिए तर कुनै जानकारी पाएनन् र उनीहरु त्यही बसेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए । त्यसपछि उनीहरुलाई होस्टेलमा फर्काईएको थियो ।

त्यसको केहि समयमा उनीहरुलाई होस्टेल एक घण्टामा खाली गर्न आदेश कलेज प्रशासनले दिएका थिए । अब उनीहरु होस्टेल बाहिर आईतबार रातिदेखि नै छ अर्थात अलपत्र छन । यता प्रधानमन्त्रि केपी शर्मा ओलीले कूटनीतिक नियोग माफर्त उक्त घटनाको बारेमा बुझ्ने काम भईरहेको बताउनुभएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily