Aadarsh-Daily

नेपालको पुरुष कबड्डी टोलीले बङ्गलादेशमा पाँच अभ्यास खेल खेल्ने

ad-4p

नेपालको पुरुष कबड्डी टोलीले बङ्गलादेशमा घरेलु टोलीसँग पाँच अभ्यास खेल खेल्ने भएको छ । यही फागुन १० गते आउँदो शनिवारदेखि १६ गतेसम्म बङ्गलादेशको ढाकामा नेपालले पाँच अभ्यास खेल खेल्न लागेको हो ।

content ad p2
content left

नेपालको पुरुष कबड्डी टोलीले सन् २०२६ मा हुने २०औं एशियाली प्रतियोगिताको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुरू गरेको मिसन–२०२६ अन्तर्गत रहेर प्रशिक्षण गरिरहेको छ ।

मिसन २०२६ अन्तर्गत पुरुष टोलीले बङ्गलादेशसँग अभ्यास खेल खेल्न लागेको परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो । उहाँले हिजो अभ्यास खेलमा जाने नेपाली राष्ट्रिय पुरुष कबड्डी टोलीलाई बिदाइ गर्नुभएको छ ।

घनश्याम रोकामगरको कप्तानीमा रहेको १४ सदस्यीय पुरुष टोलीले बङ्गलादेशसँग अभ्यास खेल खेल्नेछन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily