
वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) चुनाव सम्बन्धि समाजवादी विद्यार्थी युनियन नेपालको बैठक सम्पन्न भएको छ । बैठकमा क्याम्पसको विविध समस्याको बारेमा विद्यार्थी नेताहरुले छलफल गरेका ठाकुरराम ईकाई अध्यक्ष दिलखुस देवानले बताउनुभयो । उहाँले क्याम्पसको शैक्षिक , भौतिक र प्राशासनिक बिषयमा छलफल भएको र समस्या पहिचान गरी आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागी चुनावी रणनीति तय गर्ने निर्णय भएको जानाकरी रेडियो सान्भीलाई गराउनुभयो ।
झन्डै डेढ दशक (१५ बर्ष ) देखि ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु चुनाव नहुदा नेतृत्व बिहिन बनेको क्याम्पसको भौतिक संरचना जिर्ण हुदै गएको हुदा छात्रावासको अवस्था दैनिय भएको ईकाई अध्यक्ष देवानले बताउनुभयो । यसैगरी प्रशासनिक व्यवस्थापन फितलो हुदा समग्र क्याम्पसको शैक्षिक गुणस्तर नै प्रभावित भईरहेको हुदा समयमा नै ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु चुनाव सम्पन्न हुनुपर्नेमा देवान लगायत नेताहरुको जोड छ ।

बैठकमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवम जनता समाजवादी नेपालका महासचिव लालबाबु राउत गद्दीले क्याम्पसबारेको आफ्ना अनुभव विद्यार्थी नेताहरुलाई सुनाउदै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा ससक्त रुपले लाग्न निर्देशन दिनुभयो । क्याम्पसको समस्या पहिचान गरी निर्क्यौल गर्ने किसिमको एजेन्डा तय गर्न विद्यार्थी नेताहरुलाई जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादवले भन्नुभयो । यस्तै जसपा नेपाल पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष घनश्याम गुप्ताले विद्यार्थीहरुलाई निर्वाचनमा एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
आज बुधबार क्याम्पस परिसरमा समाजवादी विद्यार्थी युनियन नेपालका ठाकुरराम ईकाईका अध्यक्ष दिलखुस देवानको अध्यक्षता र मधेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा जसपा नेपालका पर्सा अध्यक्ष रामनरेश यादव , केन्द्रीय सदस्य फिरोज मन्सुर , समाजबादी विद्यार्थी युनियन नेपालका केन्द्रीय उपाध्यक्ष आमोद कुमार यादव , जसपा नेता शशी कपुर मियाँ पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष घनश्याम गुप्ता , समावादी खेलकुद महासंघ पर्साका सहसचिव शिवलाल महत्तो , क्याम्पसका विद्यार्थीहरु लगायतको सहभगिता थियो ।
१५ बर्षदेखि निर्वाचन हुन् नसकेको ठाकुरराम बहुमुखी क्याम्पसमा यसपाली त्रिभुवन विश्वविद्यालयले तोकेकै मिति चैत्र ५ गते जसरी पनि निर्वाचन गराउने विधार्थी संगठनहरुको तयारी छ ।

