Aadarsh-Daily

चरेश र गाँजासहित बीरगंजबाट दुई जना पक्राउ

ad-4p

पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा र चरेशसहित वीरगंजबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बंगाल बस्ने २८ बर्षीय राज अधिकारि र वीरगंज १६ बस्ने ३० बर्षीय आरती यादव रहेका छन ।

content ad p2
content left

प्रहरीले रक्सौलबाट वीरगंज आउदै गरेको सवारीलाई चेकजाँच गर्ने क्रममा वीरगंजको ईनर्वाबाट भारतीय नागरिक अधिकारिलाई प्रतिबन्धित गाँजा ६ किलो ३ समय ग्राम र चरेश २ किलो समय ग्रामसहित पक्राउ गरेको छ ।

यसैगरी शंकराचार्य गेटबाट वीरगंज १६ बसपार्कमा कोठा भाडामा लिएर बस्ने आरती यादवलाई चरेश ११ किलो ४ सय ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रवक्ता सुबास भट्टले बताउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily