Aadarsh-Daily

पूर्व राजा शाहको अभिव्यक्तिलाई समर्थ गर्न पर्सामा बिशाल आमसभाको आयोजना हुदै

ad-4p

राष्ट्रिय नागरिक संघर्ष समिति पर्सा र राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई स्वागत गर्दै भव्य मोटरसाईकल र्याली तथा आमसभाको आयोजना गर्ने भएका छन ।

content ad p2
content left

गत फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्व राजा शाहले देशबासीको नाउँमा सम्बोधन गर्दै दिनुभएको अभिव्यक्तिलाई समर्थन गर्दै राष्ट्रिय नागरिक संघर्ष समिति पर्साको आयोजना र राप्रपाको सहआयोजनामा फागुन २४ गते भव्य मोटरसाईकल र्याली तथा आमसभा हुनलागेको हो ।

राष्ट्रिय नागरिक संघर्ष समति पर्साका अध्यक्ष उपेन्द्र यादवका अनुसार फागुन २४ गते शनिबार बिहान ११ बजे बाराको सिमराबाट प्रारम्भ भई वीरगंजको घण्टाघर चोक हुदै आदर्शनगरसहितको क्षेत्र परिक्रमा गरी पुन घण्टाघरमै आएर कोण सभामा परिणत भई सम्पन्न हुने छ ।

उक्त र्याली तथा आमसभामा सहभागी हुनको लागी राष्ट्रिय नागरिक संघर्ष समिति पर्सा र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त रुपमा आह्वान समेत गरेका छन ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily