Aadarsh-Daily

राजावादीको प्रदर्शनलाई नियन्त्रण गर्न राष्ट्रियसभामा सांसदहरूको माग

ad-4p

राष्ट्रियसभा सदस्यहरूले राजावादीहरूको प्रदर्शनलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरूले संविधान विपरीत राजसंस्था फर्काउने भन्दै अराजक गतिविधि भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।

content ad p2
content left

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले राजाको वंश विनाश गरेकाहरूले नै राजा फर्काउने नाटक मञ्चन गरिरहेको तर्क गरे। संविधान र व्यवस्थाविरुद्धको हर्कतलाई सरकारले नियन्त्रण गर्न नसकेको उनले बताए। शर्माले देशमा बढिरहेको अराजकता, संविधानविरुद्धको हर्कत सरकारले तुरुन्त नियन्त्रण गर्न माग गरे।

त्यस्तै राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले प्रतिगामी तत्त्वहरू सक्रिय भएर संविधानको उलंघन गर्दै अधिकार खोस्ने प्रयास भइरहेको भन्दै सजक बन्नुपर्नेमा जोड दिए। मसानघाटमा पुर्‍याएको राजतन्त्र कुर्लिरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उनले बताए।

त्यस्तै अन्य सदस्यहरूले मुलुकमा प्राप्त अधिकार गुम्न नदिनका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिएका थिए। बैठकमा प्रधानमन्त्रीका तर्फबाट उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक चैत ४ गते बोलाइएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily