Aadarsh-Daily

पक्राउ परेका बाराका एक वडाध्यक्ष रिहा

ad-4p

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष मुस्तकिम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । सोलार प्लान्टसम्बन्धी विवादका क्रममा तालाबन्दी गर्न गएका बेला इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

content ad p2
content left

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइबाका अनुसार, वडा अध्यक्ष अन्सारीले विवाद समाधान गर्नेभन्दा झन् चर्काउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

तर, प्रतिनिधिसभा सदस्यहरूको सिफारिसमा केही घण्टा थुनामा राखेपछि उनलाई त्यसो नगर्ने सर्तमा रिहा गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयहरूले सोलार प्लान्टसम्बन्धी विवाद समाधान गर्न सरोकारवाला निकायले पहल गर्नुपर्ने माग गरेका छन् ।
घटनाले स्थानीय प्रशासन र जनप्रतिनिधिहरूबिचको सम्बन्ध तथा सार्वजनिक सम्पत्तिको व्यवस्थापनबारे थप प्रश्नहरू उठाएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily