Aadarsh-Daily

आठ महिनामा १७ अर्ब ३९ करोड रुपैयाँको १४ हजार विद्युतीय गाडी आयात

ad-4p

चालु आर्थिक वर्षको आठ महिनामा १७ अर्ब ३९ करोड २१ लाख रुपैयाँको १४ हजार ३०७ थान विद्युतीय गाडी (ईभी) आयात भएका छन् ।

content ad p2

गएको आर्थिक वर्षको यसै अवधिमा नेपालमा १६ अर्ब ४९ करोड ५८ लाख ८५ हजार रुपैयाँको १३ हजार ७ थान विद्युतीय गाडी आयात भएको थियो ।

content left

विद्युतीय गाडी आयातबाट फागुनसम्म १० अर्ब ४७ करोड ७३ लाख ३८ हजार रुपैयाँ कर सङ्कलन भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार नेपालमा चीन र भारतका साथै अमेरिका, जर्मनी, कोरिया, इन्डोनेसियाबाट विद्युतीय गाडी आयात भएका छन् ।

आठ महिनासम्ममा सबैभन्दा बढी चीनबाट १३ अर्ब ७० करोड ३५ लाख ८४ हजार रुपैयाँको ११ हजार ५५० थान तथा भारतबाट ३ अर्ब ४५ करोड ४५ लाख ६३ हजार रुपैयाँको विद्युतीय गाडी आयात भएको छ ।

यस्तै इन्डोनेसियाबाट १८ लाख ७७ हजार रुपैयाँको १ थान, कोरियाबाट १६ करोड ८६ लाख ९० हजार रुपैयाँको ३ थान, जर्मनीबाट १९ करोड ३ लाख ५६ हजार रुपैयाँको २४ थान, अमेरिकाबाट २ करोड १४ लाख रुपैयाँको ५ थान विद्युतीय गाडी आयात भएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily