
पर्सा । नेकपा एमालेको केन्द्रीय नीति अनुसार एमाले जिल्ला कमिटी पर्साको आयोजनामा एमाले पर्सामा आबद्ध नेता कार्यकर्ता सङ्गठनका लागि समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

विरगंजको पदम पार्टी प्यालेसमा आयोजित ३ महीने अभिमुखिकारण पार्टी महासचिव शंकर पोखरेलले कार्यक्रमको उद्घाटन गर्नुभयो ।
नेकपा एमाले जिल्ला कमिटीको व्यवस्थापनमा भएको कार्यक्रममा जिल्ला भरिका एमालेबाट निर्वाचित जनप्रतिनिधि , प्रशिक्षण विभाग प्रमुख , पार्टीका केन्द्रीय पदाधिकारी एवं पर्साबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश समितिका पदाधिकारी सहभागी रहनुभएको छ ।

