Aadarsh-Daily

चार देशका ५ लाख ३० हजार जना आप्रवासीलाई अमेरिका छोड्न राष्ट्रपति ट्रम्प प्रशासनको आदेश

ad-4p

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाका पाँच लाख ३० हजार जना आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ । अमेरिकी संघीय सरकारले निकालेको सूचनामा ती आप्रवासीहरूलाई आउँदो अप्रिल २४ मा उनीहरूको बसोबास अनुमतिपत्र रद्द गर्ने भन्दै त्यसअघि नै अमेरिका छाड्न चेतावनी दिइएको छ ।

content ad p2
content left

उनीहरु पूर्व राष्ट्रपती जो बाइडनका पालाको एउटा आप्रवासन योजनाअन्तर्गत अमेरिका प्रवेश गरेका थिए । सन् २०२२ मा शुरु भएको सीएचएनभी नामक कार्यक्रममार्फत अमेरिकाले स्पोन्सरशीप प्रक्रियाका माध्यमबाट उनीहरुलाई अमेरिकामा बसोबास गर्न दिएको थियो ।

बाइडेन प्रशासनले सीएचएनभीले अमेरिकाको दक्षिणी सिमानाबाट हुने अवैध सीमा आगमनलाई रोक्न र देशमा प्रवेश गर्नेहरूको उपयुक्त जाँचमा सहयोग पु¥याउने तर्क गरेको थियो । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले पहिलेको प्रशासन आफ्नो लक्ष्य प्राप्तिमा असफल भएको जनाएको छ ।

योसँगै ट्रम्पले रुसले आक्रमण गरेपछि युक्रेनबाट भागेर अमेरिका पुगेका दुई लाख ४० हजार युक्रेनी नागरिकको बसोबासको अस्थायी कानुनी मान्यतालाई रद्द गर्ने कि नगर्ने भनेर पनि विचार गरिरहेको जनाइएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily