Aadarsh-Daily

रिलिफ सोसाइटीद्वारा ९० जनाको नि:शुल्क कानको शल्यक्रिया

ad-4p

रूंगटा वेलफेयर सोसाइटी तथा रिलिफ सोसाइटी अफ कमर्सको संयुक्त आयोजनामा कानको निशुल्क शैल्यक्रिया ९अप्रेशन ०बिहिबार शिबिर सम्पन्न भएको छ।वीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक बहुअरी स्थित इम्प्याक्ट नेपाल रूंगटा वेलफेयर कान उपचार केन्द्र पर्सामा सो कार्यक्रम सम्पन्न भएको हो।

content ad p2

रिलिफ सोसाइटी अफ कमर्स पर्सा बिरगंजका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा एवम मुर्लीधर रुङटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

content left

सो कार्यक्रममा रिलिफ सोसाइटी अफ कमर्स बिरगंज पर्साका उपाध्यक्ष नारायण रुङटा,प्रतीक दैनिकका संचालक एवम् बिरगंजका वरिष्ठ संचारकर्मी जगदीश प्रसाद शर्मा,बिरगंज उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष एवम् वरिष्ठ समाजसेवी गनेश लाठ,सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश चौधरी,पुर्व अध्यक्ष असोक कुमार लाठ, प्रोफेसर डा।बिमल कुमार सिन्हा,पशुपति बिक्रम राणा,उषा शाह लगाएतका विशिष्ट ब्यक्तीहरुको सहभागिता रहेको थियो।

उक्त कानको निशुल्क रुपमा शिवीर चैत ११ गते देखि १४ गते सम्ममा ११० जनाको चेकअफ भएको थियो। यस निशुल्क शिवीरमा पुरुश ३१ र महिला ४२ जना एवं बालबालिका लगायत ९० जनाले कनको शल्यक्रिया गराएका छन। यसैगरी अहिले सम्ममा १ हजार जनाले निशुल्क रुपमा कानको शैल्यक्रिया अप्रेशन गराएर लाभ लिएको रिलिफ सोसाइटी अफ कमर्स बिरगंज पर्साका महासचिव निरज अग्रवालले जानकारी दिएका छन ।

उक्त शिवीरमा बारा,पर्सा,रौतहट एवम् छिमेकि राष्ट्र भारतको विभिन्न ठाउबाट पनि बिरामीहरु आएर निशुल्क सेवा लिइरहेको बताईएको छ । कार्यक्रम रिलिफ सोसाइटी अफ कमर्स बिरगंज पर्साका महासचिव निरज अग्रवालले कार्यक्रम संचालन गरेका थिए।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily