Aadarsh-Daily

संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोईराला

ad-4p

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुने बताउनुभएको छ ।

content ad p2
content left

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले राजनीतिमा अहिले धेरै कुराहरु रहेको भएपनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले अहिले कांग्रेस र एमाले सम्मिलित सरकार रहेकाले सरकारका काम कारबाहीमा काँग्रेसले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

नेता कोईरालाले एमाले नेपाली कांग्रेसका लागि भविष्यको पनि प्रतिष्पर्धी भएकाले सोचेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । संविधान पुनरावलोकन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने बताउनुभयो । दण्डहिनता दिनप्रतिदिन बढिरहेको बताउनुभयो ।

नेता कोईरालाले अमेरिकाको ट्यारिफ नीति तेस्रो विश्वयुद्ध भन्दा पनि ठूलो हुने खतरा रहेको जिकिर गर्नुभयो । सुलभ स्वास्थ्य कसरी दिने भन्नेबारेमा नेपालीले सोच्नुपर्ने बताउनुभयो । नेपाल आफ्नै खुट्टामा उभिनसक्छ भन्ने सोच राखेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

सम्बन्धित खबर

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily

विशेष नगरसभा बहिष्कार गर्न कांग्रेसको ह्विप

Aadarsh Daily

तीन दिन लगातार ठूलो पानी पर्ने हल्ला गलत

Aadarsh Daily