Aadarsh-Daily

वीरगंजमा साम्प्रदायिक हिँसा भड्काएको आरोपमा पक्राउ परेका माथि म्याद थप

ad-4p

वीरगंज – गत शनिबार चैत्र ३० गते हनुमान जयन्तिको दिन साम्प्रादायिक हिँसा भड्काएको आरोपमा पक्राउ परेकाहरु माथि जिल्ला अदालत पर्साबाट म्याद लिएर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

content ad p2
content left

पक्राउ परेका शेख खुर्शेद , सलाउदीन मियाँ ठुकुराई , रवि सर्राफ र बल्जित सिंहमाथि अनुसन्धान गर्नको लागी जिल्ला अदालत पर्साले प्रहरीलाई ६ दिनको म्याद दिएको छ । प्रहरीले अदालत समक्ष उनीहरुमाथि अनुसन्धान गर्नको लागी ७ दिनको म्याद मागेको भएक पनि अदालतले ६ दिनको म्याद दिएको हो ।

पक्राउ परेका चारजना मध्ये दुई जनालाई राज्यविरुद्धको कसर र दुई जनालाई अपराधिक उपद्रो मुद्दामा प्रहरीले अनुसन्धान गर्नको लागी अदालतसंग म्याद लिएको हो ।

पर्सा प्रहरीले बुधवार थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शकिल मियाँ छन । प्रहरीले सिसिटिभि फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडियो विश्लेषणको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले बताउनुभएको छ ।

सम्बन्धित खबर

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily

विशेष नगरसभा बहिष्कार गर्न कांग्रेसको ह्विप

Aadarsh Daily

तीन दिन लगातार ठूलो पानी पर्ने हल्ला गलत

Aadarsh Daily