Aadarsh-Daily

धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो

ad-4p

जनकपुरमा दुई वटा ट्रक एकापसमा ठोक्किँदा ट्रकमै आगो लागेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर– ६ मालटोलचोकमा दुई वटा ट्रक आपसमा ठोक्किएर आगलागी भएको धनुषा प्रहरीले जनाएको छ ।

content ad p2

आइतबार बिहान सिरहाबाट धल्केवरतर्फ जाँदै गरेको ना ६ ख ३४६३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेशको २–००१ ख ०७१५ नम्बरको ट्रक ठोक्किँदा दुई वटै ट्रकमा आगो लागेको धनुषा प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जनाए ।

content left

उनका अनुसार ट्रकको ट्याङ्कीमा ठोक्किएपछि तेल छताछुल्ल भएको थियो, त्यसपछि आफै ट्रकमा आगो सुल्किएको हो । आगोले ना ६ ख ३४६३ नम्बरको ट्रक पूरै जलेर नष्ट भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

ट्रक एकापसमा ठोक्किँदा दुवै ट्रकका चालक घाइते भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा ना ६ ख ३४६३ नम्बरको ट्रकका चालक सर्लाही लालबन्दी १५ निवासी रोशन कौशल कार्की र अर्का ट्रकका चालक सर्लाही मौलापुरका मुकेशकुमार झा रहेका छन् ।

घाइते दुवै चालकको जनकपुरस्थित एपोलो अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरी कार्यालयले जनायो । गलत साइडमा एउटा ट्रक प्रवेश गरेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यद्यपि, दुर्घटनाबारे विस्तृत अनुसन्धान थालिएको जनकपुर प्रहरी कार्यालयको भनाइ छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily