Aadarsh-Daily

सहकारी ठगि आरोपमा मण्डल पक्राउ

ad-4p

धनुषाको विदेह नगरपालिकाको तिनकौरिया चोकस्थित रहेको विदेह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष संजीत मण्डललाई प्रहरीले पक्राउ गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय धनुषाले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो ।

content ad p2
content left

विदेह नगरपालिका वडा नम्बर ५ मुडिवा टोल बस्ने स्थानीय संजीत कुमार मण्डल विदेह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भएर २ करोड बढी रकम लिएर भागेको आरोपमा पक्राउ परेको जनाइएको छ ।

सोही गाउँका स्थानीय एवम् बचतकर्ता बीरेन्द्र कुमार मण्डलले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गरेको हो । रकम हिनामिना र बचतकर्तालाई ठगेको भन्दै बीरेन्द्र मण्डलले उनीमाथि मुद्दा दिएका थिए । सोही मुद्दामा जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेपछि पक्राउ गरिएको हो ।

अध्यक्ष मण्डलमाथि कर्तव्य ज्यानको मुद्दा समेत चलिरहेको रेडर्क देखिएको छ । विदेह ५ बस्ने मानैर ठाकुर बरहीको हत्या प्रकरणमा उनीमाथि कर्तव्य ज्यानको मुद्दा समेत चलिरहेको बताईएको छ । सो मुद्दामा एक जना भने जेलमा रहेका छन् ।

सम्बन्धित खबर

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily

विशेष नगरसभा बहिष्कार गर्न कांग्रेसको ह्विप

Aadarsh Daily

तीन दिन लगातार ठूलो पानी पर्ने हल्ला गलत

Aadarsh Daily