Aadarsh-Daily

रेशम चौधरी पक्राउ, जनमत पार्टीसँगकाे एकता घाेषणा कार्यक्रम स्थगित

ad-4p

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चाैधरी पक्राउ परेका छन् । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठान भवनमा पार्टी एकता घोषणाको तयारी भइरहँदा कार्यक्रम स्थलबाटै चाैधरी पक्राउ परेका हुन् ।

content ad p2

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहोराले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरेर चौधरीलाई पक्राउ गरेको बताउनुभयो । चौधरीलाई डिल्लीबजार कारागारमा लगेर बुझाइसकिएको प्रहरीले बताएको छ ।

content left

२०७२ साल भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए । आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि रेशम पक्राउ परेका हुन् ।

रेशम चाैधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रम स्थगित भएको छ । जनमतका अध्यक्ष सीके राउतले आजको एकीकरण घोषणा कार्यक्रम स्थगित गरिएको जानकारी गराउँदै बैठक बसेर अर्को सूचना दिने जानकारी गराउनुभएको छ ।

उहाँले चौधरी पक्राउको भर्त्सना गर्दै पहिचानवादी शक्तिहरूलाई एक ठाउँमा आउन नदिन चौधरीलाई पक्राउ गरेको आरोप लगाउनुभयो ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily